काठमाडौँ । फिल्म ‘दर्पण छायाँ’ फेम जोडी उत्तम प्रधान र निरुता सिंह दुई दशकपछि फेरि एकसाथ आउने भएका छन् । पछिल्लो पटक सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा देखिएका उनीहरूले अब नयाँ फिल्म ‘महादशा’ मा एकसाथ आउन लागेका हुन् ।
फिल्मका निर्देशक किरण नेपालीले आफ्नो नयाँ फिल्म महादशामा उत्तम र निरुतालाई अनुबन्ध गरेको जानकारी दिएका हुन् ।
किरणले भनेका छन्- ‘जीवनमा तपाईंहरुकै ‘दर्पण छायाँ’ जस्तो फिल्म हेरेर प्रेरणा मिल्यो । आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुर्यो, खुसी र हर्ष छ नै । फिल्मलाई राम्रो गर्ने नै छौं ।’ किरणले ‘महादशा’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
हालै उत्तमले किरणको नयाँ फिल्म ‘कल्ली’बाट १३ वर्षपछि कमब्याक गरेका थिए । निरुताले भने फिल्म ‘३६ को आँकडा’बाट ६ वर्षपछि कमब्याक गरेकी छिन् । यही फिल्मको छायांकनका लागि हाल नेपालमा रहेकी उनीसँग किरणले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उत्तम र निरुता जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ ।
दशैंपछि छायांकन सुरू हुने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङ, रेअर राई लगायतको पनि अभिनय रहनेछ । मनिष गौतमको लेखन रहेको फिल्ममा राज के. शाह, श्याम मगर र अमला देवी राई निर्मातामा छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
