काठमाडौँ । आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाइदैछ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
मृतक सबैलाई सरकारले शहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदीबन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ । आज सरकारले देशभर सार्बजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने घोषणा गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
