काठमाडौँ । जेनजी आन्दोलनका कारण भूमिगतको अवस्थामा पुगेका राजनीतिक दलका नेताहरु विस्तारै बाहिर निस्किन लागेका छन् ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर आगजनी भएको पार्टी कार्यालयको अनुगमन गरे भने उनले नयाँ भव्य कार्यालय बनाउने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा रहेका प्रचण्डलाई सो दिन बिहान उनको घरमा ढुंगा हान्न शुरु भएको खबर आउनासाथ नेपाली सेनाले माधव कुमार नेपालसँगै शिवपुरी पुर्याएको थियो ।
जेनजी अन्दोलनका क्रममा माओवादी केन्द्रको पार्टी कार्यालयसहित अध्यक्ष प्रचण्डको खुमालटारस्थित निवास, भरतपुरस्थित घर, छोरी गंगा दाहाल र रेणु दाहालको घरमा आगजनी भएको थियो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि कोटेश्वरस्थित आफ्नो क्षतिग्रस्त घरको अव्लोकन गरेका छन् । आन्दोलनकारीले नेपालको घर तोडफोड र आगजनी गरेका थिए ।
त्यस्तै सोमबार नेकापा एमालेका महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालय पुगेर क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका थिए । उनले देशभरका आगजनी गरिएका पार्टी कार्यलय निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबारनै सानेपास्थित केन्द्रीय कार्यालय पुगेर जलेर ध्वस्त भएको कार्यालयको अनुगमन गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
