काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने क्रममा मन्त्री छनौट गर्नेक्रममा अधिवक्ता अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने भएकी हुन् ।
जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही(३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।
त्यस्तै प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री बनाउने भएकी छन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
