काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारी गरेको आगजनीका क्रममा आगजनी गरिएको भाटभटेनीमा ६ वटा शव भेटिएको हो ।
शव आगोले जलेर क्षत्विक्षत् भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ध्वस्त भएको भाटभटेनीमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शवको पहिचान गर्न सकिने अवस्था नरहेको र शवको डीएनए परिक्षणपछि मात्रै पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।
यसअघि धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
