काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ ।
त्यस्तै हाल १३४ प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार गराइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै हाल प्रहरीहरु ५७ जना उपचाररत रहेको जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् । उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०-१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् ।
साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
