एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ । ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक(फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो ।
पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् । प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध रहेका बोल्सोनारोको योसँगै राजनीतिक भविष्य पनि सकिएको विश्लेषण गरिएको छ ।
यो पहिलो पटक होइन जब जैर बोल्सोनारोलाई शासन र अधिकारीहरूको विरुद्धमा गएको आरोप लगाइएको छ । यसअघि आफ्नो सैन्य करियरको क्रममा, बोल्सोनारोलाई १९८६ मा सेनामा कम तलबको मुद्दा उठाउन एक समाचार पत्रिकालाई अन्तर्वार्ता दिएको आरोप लगाइएको थियो, जुन सैन्य नियमहरू विरुद्ध थियो । यद्यपि, उनको कदमको त्यतिबेला प्रशंसा गरिएको थियो ।
१९८७ मा, बोल्सोनारो अर्को मुद्दामा फसेका थिए । १९८६ मा बोल्सोनारोको अन्तर्वार्ता लिने पत्रिकाले जैरले आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो । पत्रिकाले स्केच र षड्यन्त्रको बारेमा जानकारी पनि प्रकाशित गर्यो र सबै स्केचहरू बोल्सोनारो आफैंले बनाएको दाबी गरिएको थियो ।
२०१८ मा, सैन्य अधिकारीहरूले यस मुद्दामा सर्वसम्मतिले उनलाई दोषी पाए । यद्यपि, सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकारीले उनलाई निर्दोष ठहराउन जोड दिए । अन्ततः अदालतले उनलाई निर्दोष मुक्त गर्यो । यो निर्णय पछि, बोल्सोनारो १९८९ मा ब्राजिलको राजनीतिमा प्रवेश गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
