काठमाडौं । कारगारबाट निस्किएका टोपबहादुर रायमाझीले कारागार फर्किने बताएका छन् ।
कारागार प्रशासनलाई फोन गरेर रायमाझीले आफु फर्किने जानकारी गराएको कारागार प्रशासन स्रोतले जानकारी दिएको छ । रायमाझीले फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए भने कारागार प्रशासनले सम्पर्कमा रहन र परिस्थिति सहज भएपछि खबर गर्ने बताएको छ ।
सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका रायमाझी बुधबार निस्किएका थिए । यस कारागारबाट ३३ सय भन्दा बढी कैदी फरार भएका थिए । यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।
रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि फर्कन तयार रहेको सन्देश कारागार प्रशासनलाई पठाएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
