काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ ।
जंगीअड्डा बाहिर भेला भएर युवाहरुले नाराबाजी गर्न थालेपछि सेनाले माइकिङ गर्दै तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको हो ।
जंगीअड्डा बाहिर विभिन्न जेनजी समुह र हर्क साम्पाङका समर्थन भेला भएका थिए । त्यस्तै ठुलो संख्यामा मिडियासमेत भेला भएपछि सेनाले उनीहरुलाई हटाउन शुरु गरेको छ ।
भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
