काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेभसाइतवा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
