काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।
काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ ।
अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०, कपिलवस्तु कारागारबाट ४३१, रौतहटको गौर अदालतबाट २६०, दाङ कारागारबाट १२४, जुम्ला कारागारबाट ३६, बझाङ कारागार बाट ६५ जना भागेको पाइएको छ । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
