काठमाडौं । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको जीवनराम श्रेष्ठले बताएका छन् । उनका अनुसार अहिले उनको उपचार भइरहेको छ ।
मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो । त्यसबेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको श्रेष्ठले बताए ।
नेता झलनाथ पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
