काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ ।
वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भनेको छ- ‘यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।’
प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
