कपिलवस्तु । कपिलवस्तु कारागारबाट ४३१ कैदी भागेका छन् । कारागार प्रशासनका अनुसार बिहान कारागारका दुई ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४३१ जना भागेका हुन् ।
सो कारागारका दुई ब्लकमा २८ जना कैदी भने कारागारमै रहेका छन् ।
कारागारबाट भागेका कैन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका थिए । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदीहरुले अदालतमा आगजनी गर्दै आफ्नो मुद्धाका सवै मिसिल तथा कागजपत्र जलाएका छन् ।
अदालतमा महत्वपूर्ण कागजपत्रसहित उनीहरुले अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । प्रहरीले कारागारबाट भागेका ६५ जना कैदीलाई तौलिहवाका विभिन्न स्थानबाट पुन: पक्राउ गरेको जानकारी दिएको छ भने अन्यको खोजी जारी रहेको छ ।
जेनजी आन्दोलनपछि कपिलवस्तुसहित देशभरका कैदीहरुले जेलमा तोडफोड र आगजनी गरेर भाग्ने क्रम जारी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
