काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन जारी रहेको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो ।
माइतीघरमा जम्मा भएको युवाहरुको प्रदर्शन अहिले बानेश्वरतर्फ पुगेको छ भने प्रहरीले बेरिकेड लगाएर उनीहरुलाई रोकेको छ ।
प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन् ।
जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन् । साथै उनीहरुले प्रहरीलाई तपाइँहरु कसको साथ हुनुहुन्छ, हाम्रो वा भ्रष्ट नेताको भन्ने प्रश्न सोधेको प्लेकार्ड पनि बोकेका छन् ।
युवाहरुको प्रदर्शन काठमाडौँ बाहिर विराटनगर, पोखरा, बुटवललगायतका विभिन्न शहरमा जारी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
