काठमाडौँ । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएकोछ भने ७० प्रतिशतले हुने रकम हाल धितोपब बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ ।
आज भएको सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
