काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ ।
युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार भएको हो । युक्रेनको वायु सेनाले पछिल्लो रात्रि आक्रमणमा रुसले ८०० भन्दा बढी रेकर्ड संख्यामा ड्रोन र मिसाइलहरू प्रहार गरेको बताएको छ । वायु सेनाका अनुसार, नौ मिसाइल र ५६ ड्रोनले ३७ स्थानमा प्रहार गरिएको थियो ।
प्रधानमन्त्री युलियाले क्याबिनेट भवनको छत र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको छ । उनले भनेकी छन्- ‘शत्रुले हरेक दिन देशभरका हाम्रा मानिसहरूलाई आतंकित गरिरहेका छन् ।’
आइतबार बिहान क्याबिनेट भवनबाट आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
