काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् । बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी दुर्गा प्रसाईले पनि सो प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।
दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफु आन्दोलनमा सहभागी हुने र चैत्र १५ गते जस्तो दमन नहोस् भनेका छन् । उनले भनेका छन्- ‘भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनी हरुलाई धन्यबाद छ ! यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको छ, धन्यवाद सबैलाई !’
प्रसाईले ढिलो भए पनि नेपाली दाजुभाई दिदी बहिनीहरुको चेत खुलेको भन्दै भ्रष्टाचारविरुद्ध सबै मिलेर, एकजुट भएर अगाडि बढ्ने संकल्प गर्न आग्रह गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
