काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आइतबार प्रदर्शन गर्ने भएका छन् । पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले सरकारको यो कदमलाई ुअलोकतान्त्रिक र असंवैधानिकु भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्बाटै कानुन बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरूपमा बन्द गर्ने कठोर र अलोकतान्त्रिक कदम चालेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) जस्ता मौलिक अधिकारहरूमाथि सिधा प्रहार गरेको उल्लेख छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यता विपरीत र पूर्णरूपमा अस्वीकार्य छ ।’
त्यस्तै, यो निर्णयले विदेशमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूका परिवारबीचको सम्पर्क विच्छेद गराएको, बालबालिकाको सिकाइमा दीर्घकालीन असर पारेको र हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको विषयलाई प्रमुखताका साथ उठाएका छन् ।
सरकारले तत्काल सामाजिक सञ्जाल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् । साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि उनीहरुले सरकारलाई आह्वान गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
