काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कार्यालयहरूको काम सजिलो हुँदै गइरहेको छ, अब अदालतहरूले पनि यसको सहयोगमा काम गर्ने भएका छन् ।
भारतमा अब न्यायपालिकाले एआई प्रयोग गर्ने भएको छ, यसले छिटो निर्णय चाहनेहरूलाई सबैभन्दा बढी फाइदा पुर्याउने बताइएको छ । अंग्रेजीमा एउटा भनाइ छ – ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’, यसको अर्थ न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित हुनु जस्तै हो । तर अब एआईको सहयोगमा सामान्य केसहरु जस्तै ट्राफिक नियम तोड्ने र जग्गा सम्बन्धी विवाद जस्ता मुद्दाहरू छिटोभन्दा छिटो समाधान गर्न एआईको प्रयोग गरिने भएको छ । एक हिसाबले, हामी भन्न सक्छौं कि अब एआई ‘माई लर्ड’ को भूमिकामा देखिनेछ ।
‘रोबो जज’ नामले भ्रमित नहुनुहोस्, यसको अर्थ रोबोट न्यायाधीशको कुर्सीमा बस्ने होइन । यो यस्तो प्रविधि हो, जसमा एआई प्रयोग गरेर मुद्दाको पृष्ठभूमि र अघिल्ला निर्णयहरूको विश्लेषण गरिनेछ । यसले न्यायाधीशहरूलाई छिटो निर्णय लिन मद्दत गर्नेछ । विशेष गरी ट्राफिक नियम तोड्ने र जग्गा विवाद जस्ता साना अपराधहरू सजिलै समाधान हुने विश्वास गिएको छ । यसलाई मानव न्यायाधीशहरूको प्रतिस्थापनको रूपमा नभएर केवल उनीहरूलाई मद्दत गर्नको लागि लागु गर्न खोजिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
न्यूज १८ को रिपोर्ट अनुसार, सरकारले जिल्ला तथा सत्र अदालतका न्यायाधीशहरूलाई ‘रोबो न्यायाधीश’ प्रविधि बुझ्न र यसको प्रयोग सिक्न तालिम दिने कार्यक्रम सुरु गरेको छ । यसका लागि, न्यायाधीशहरूलाई विदेश पठाइनेछ, जहाँ यस्तो प्रविधि पहिले नै सफलतापूर्वक काम गरिरहेको छ । यहाँ न्यायाधीशहरूले एआईले निर्णय लिन कसरी मद्दत गर्न सक्छ, यसको प्रयोगले न्याय प्रणालीलाई कसरी उन्नत र छिटो बनाउन सक्छ भनेर सिक्नेछन् ।
‘रोबो न्यायाधीश’ को अवधारणा पहिलो पटक इस्टोनियामा सुरु भएको थियो । यहाँ, ७००० युरो भन्दा कमको विवादमा एआईको सहयोगमा निर्णय दिइन्छ । यो यहाँ ई-शासन मोडेलको एक हिस्सा थियो । प्रविधिले पहिले फेला परेका सबै प्रमाणहरूको विश्लेषण गर्छ, त्यसपछि निर्णय दिन्छ । यदि कोही यसबाट सन्तुष्ट छैन भने, उसले मानव न्यायाधीशलाई अपील गर्न सक्छ । चीनमा पनि यस्तै प्रणाली अपनाइएको थियो र एआईले लाखौं मुद्दामा निष्पक्ष निर्णय दिएको बताइएको छ । भारतले दुवै देशको प्रणालीलाई नजिकबाट अवलोकन गरेको थियो, यसबारे छलफल तीन वर्षअघि सुरु भएको थियो । यो योजना भारतमा यसैबर्ष लागु हुन सक्ने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-03
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
