काठमाडौं । ‘द हिडन ट्रेजर’ले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् ।






तत्कालिन मिस नेपाल वल्र्ड २०२४ का आस्मा कुमारी के.सी.ले उनलाई ताज लगाइदिइन् । काठमाडौं सहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसन मार्फत २६ जना फाइनलिस्ट थिए ।











जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घलेलाई तत्कालिन मिस नेपाल अर्थ २०२४ का डा. सुमना के.सी. बाट, सेकेन्ड रनर अप एवं मिस इन्टरनेशनल उरुषा भण्डारीलाई तत्कालिन मिस इन्टरनेशनल २०२४ करुणा रावत र मिस कस्मो दीपशिखा नेपाललाई काठमाडौंका उपमेयर सुनिता डंगोलले ताज लगाईदिएका थिइन् ।












यस पटकको जज प्यानलमा अजय रत्न स्थापित, शृङ्खला खतिवडा, श्याम कँडेल, आना शर्मा, महेश श्वार, रुचि पाण्डे, साहिल श्रेष्ठ, मनिश राई, प्रिया सिग्देल, सृष्टि प्रजापति र समर्पण कार्की रहेका थिए ।














१४ सबटाइटलमा को–को विजेताहरूः
मिस हेल्दी स्किन– आरती थापा
मिस कन्फिडेन्ट– प्रज्ञिका क्षेत्री
मिस ग्रिन भिजिनरी– जगदिश्वरी शाह
मिस प्रिस्टिन– प्रियंका थापा
मिस टाइमलेस इलिजेन्स– उरुषा भण्डारी
मिस फेस अफ द इयर– स्मृति श्रेष्ठ
मिस इम्पावर्ड च्वाइस– दीपशिखा नेपाल
मिस डिलाइटफुल ह्याप्पिनेस इन्टिलिजेन्ट– लुना लुँइटेल
मिस ब्युटिफुल हेयर– सइच्छा थापा
मिस पपुलर च्वाइस– उरुषा भण्डारी
मिस फोटोजेनिक– स्मृति श्रेष्ठ
मिस फेस अफ फार्मेसी– स्मृति श्रेष्ठ
मिस ब्युटी विथ अ पर्पस– श्रृष्टीकुमारी तामाङ
मिस इन्टलेक्चुअल– श्रुति महर्जन
मिस वुमन विथ विंग्स– निलिमा पोखरेल














“द हिडन ट्रेजर्स मिस नेपाल २०२५” को यस समारोह भव्य र आकर्षक ढंगले सम्पन्न भएको थियो । यस कार्यक्रममा दि हिडन ट्रेजर्स अध्यक्ष अजय रत्न स्थापित, पुर्व अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशक सुरेश बहादुर मल्ल, कार्यक्रममा पूर्व अध्यक्ष सूवर्ण क्षेत्री, निर्देशक कान्तिमान सिंह, सरद कुमार श्रेष्ठ, प्रमोद रत्न कंसाकार, रुपेश प्रधान र कोरियोग्राफर रचना गुरुङ् शर्माको उपस्थीत रहेको थियो । ‘द हिडन ट्रेजर’ले आयोजना गरेको मिस नेपालको यो ३१औँ संस्करण थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
