बुटवल । रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिनअघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो ।
चौधरीले यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए । रुपन्देहीको थारु समुदायमा चौधरीको विशेष पकड रहेको मानिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
