चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ ।
सडक डिभिजन भरतपुरले आइतबार राति अज्ञात समुहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरेको जानकारी दिएको छ ।
रेलिङ चोरी गरेको जानकारी पछि सडक डिभिजनको ईन्जिनियरको टोलीले अनुगमन गरेको जानकारी दिदै सडक डिभिजनले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि पत्राचार गरेर जानकारी गराएको बताएको छ । सो स्थानमा संभावित दुर्घटना नहोस भन्ने उदेश्यले तत्कालीन अवस्थामा दुर्घटना न्युनिकरणको लागि रातको समयमा पनि देखिन सक्ने गरि फलामको पाईपहरू वल्डिङ गरि डेन्जर जोन एरिया कभर गरिएको सडक डिभिजनले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
