काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ । सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ए ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।
नेपालले दिएको २०९ रनको विशाल लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो । यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।
नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
