एजेन्सी । अफगानिस्तानमा भूकम्पमा परी आठ सय भन्दा बढीको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट अन्य कम्तीमा दुई हजार आठ सय जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रभावित क्षेत्रमा परकम्प जाने क्रम चलिरहेको छ । भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध हुँदा उद्धार कार्य पनि प्रभावित भएका खबरमा उल्लेख छ ।
तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा रहेका मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेका छन् । धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झन्डै ९० प्रतिशत भू–भाग पहाडी रहेको छ ।
यो अफगानिस्तानको सबैभन्दा भीषण भूकम्पमध्ये एक हो । यसअघि सन् २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखा परेको थियो । त्यस बेला झन्डै एक हजार जनाको ज्यान गएको थियो । पहिरोका कारण दुर्गम गाउँहरूमा खोज र उद्धार प्रयासहरू अवरुद्ध भएपछि हवाई मार्ग प्रयोग गर्नुपरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
