काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनामले उपाधि जितेकी हुन् ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरेका थिए । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।
दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। । न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए । यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
