काठमाडौँ । शाङ्घाई सहयोग संगठन ९एससिओ० को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि झन्डै आधा घण्टा उहाँहरूबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट्नुभएको थियो । भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिनुभएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गर्नुभयो ।
उहाँहरूबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
