काठमाडौँ । रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
जेलेन्स्कीले रूसले ‘वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको’ टिप्पणी गरेका छन् । उनले रूसमाथि ‘नयाँ र कडा प्रतिबन्ध’ लगाउने आवश्यकता पनि दोहोर्याए ।
त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् ।
यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
