काठमाडौँ । म्यानचेस्टर युनाइटेड इएफएल कप (कारबाओ कप) बाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा चौथो डिभिजन क्लब ग्रिम्सबी टाउनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै म्यानचेस्टर युनाइटेड कारबाओ कपबाट बाहिरिएको हो ।
निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा ग्रिम्सबी टाउनले १२-११ ले जित हासिल गरेको थियो ।
निर्धारित समयमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलमा कमब्याक गर्दै खेल बराबरी गरेपनि पेनाल्टी सुटआउटमा पराजित भएको थियो । ग्रिम्सबी टाउनका लागि चार्लेज बेर्नाम र टीरेल वारेनले गोल गर्दा म्यानचेस्टर युनाइटेडविरुद्ध शुरुवाती २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि खेलको ७५औ मिनेटमा ब्रायन एम्बेउमो र ह्यारी मग्युरोले गोल गर्दै खेलमा फर्काएका थिए । योसँगै कारबाओ कपको तेस्रो चरणमा पुगेको ग्रिम्सबी टाउनले अब दोस्रो डिभिजन क्लब शेफिल्ड वेडनसडेसँग खेल्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
