काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपिओ खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर आजदेखि खुला गरेको हो । आइपिओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ ।
कम्पनीले हालै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर निष्कासन गरिसकेको छ।
कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
कूल तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ । केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ । कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ ।
२०७६ साउन ४ मा निर्माण शुरु भएको एक किलोमिटर लामो केबलकार बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
