काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् ।
यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने गरेकोमा संवैधानिक आयोगहरूमा नियुक्तसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति भएपछि न्यायाधीश छनोट प्रक्रियामा प्रश्न उठेको थियो ।
त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो ।
अब प्रधानन्यायाधीश राउत आफैँले संवैधानिक इजलास गठनका लागि अरू चार जना न्यायाधीश छनोट गर्ने भएपछि विवाद सुल्झिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
