काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति पदको निर्वाचन आज हुदै छ ।
मंगलबार भएको उम्मेदारी दर्तामा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएकोले उनी निर्बिरोध निर्वाचित भएकी छन् । आज दिउसो ३ बजे बस्ने समितिको बैठकले औपचारिक रुपमा न्यौपाने निर्वाचित भएको घोषणा गर्ने छ ।
दलीय भागबन्डा अनुसार कांग्रेसको भागमा पारो हुनाले राज्य व्यवस्था समितिको सभापतिको लाग अन्य दलले उम्मेदवारी दिएका थिएनन् । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ । एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ । अब आज दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ ।
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले आज निर्वाचन हुन लागेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
