काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज दिउसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन हुने कार्यसूची रहेको छ । त्यस्तै आज बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८0 माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
