एजेन्सी । एलन मस्क एप्पल र ओपन एआईविरुद्ध अदालतमा गएका छन् । मस्कले सोमबार टेक्सासको अदालतमा एप्पल र ओपनएआईविरुद्ध ६१ पृष्ठको ठूलो मुद्दा दायर गरेको मिडिया रिपोर्टमा उल्लेख छ । मस्कले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रतिद्वन्द्विता अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन् ।
मुद्दामा दुई ठूला कम्पनि एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधिलाई नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख मस्कको आरोप छ । मस्कले एप्पलले एआईलाई आफ्नो सबैभन्दा ठूलो राजस्व कमाउने आईफोनको लागि खतरा मानेको र त्यसैले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रवर्द्धन गरिरहेको आरोप पनि लगाएका छन् । मुद्दामा एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्नो आईफोनको एप स्टोरको शीर्षमा अनुचित रूपमा राखेको छ र आफ्नो प्रतिस्पर्धी एक्स एआईको ग्रोक च्याटबटलाई दबाउन षड्यन्त्र गरेको मस्कको आरोप छ ।
मस्कले यसअघि पनि एप्पलमाथि कम्पनीले आईफोनको एप स्टोरमा च्याटजीपीटीलाई प्राथमिकता दिएको र आफ्नो एआई च्याटबट ग्रोकसँग भेदभाव गर्ने आरोप लगाएका थिए । यो नयाँ मुद्दामा, मस्कका कम्पनीहरू एक्स एआइ र एक्स क्रोपले संयुक्त रूपमा यस अनुचित व्यवहारविरुद्ध आर्थिक क्षतिपूर्ति र अदालती कारबाहीको माग गरेका छन् ।
मुद्दामा ओपन एआईले सार्वजनिक हितकारी संस्थाको रूपमा आफ्नो भूमिका त्यागेको र अब नाफा कमाउनलाई प्राथमिकता दिएको मस्कले आरोप लगाएका छन् । यद्यपि, ओपन एआईले मस्कलाई मुद्दा हालेर बदला लिएको छ । ओपन एआईले मस्कविरुद्ध उत्पीडनको आरोप लगाएको भने मस्कको यो नियमित व्यवहार भएको उल्लेख गरेको छ । अर्कोतर्फ, एप्पलले अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
