काठमाडौं । आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा इन्टेरियर डिजाइन संकाय शैक्षिक प्रमुखका रुपमा कार्यरत शैलिशा शाक्य ‘एपीएसडीए अवार्ड–२०२५’बाट सम्मानीत भएकी छन् ।
हालै एसिया प्यासिफिक स्पेश डिजाइनर एशोसिएसन ‘एपीएसडीए’ले फिलिपिन्समा आयोजना गरेको ‘एपीएसडीए अवार्ड’ समारोहमा शैलिशाले उक्त अवार्ड हासिल गरेकी हुन् ।
उक्त अवार्डमा नेपालबाट प्रतिनिधित्व गर्ने शैलिशा एक्ली हुन् । यससँगै शैलिशा इन्टेरियर डिजाइनिङसम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बनेकी छन् । यसअघि कुनै पनि नेपाली इन्टेरियर डिजाइनरले यस्तो अवार्डमा सहभागिता जनाएको पाइएको छैन । शैलिशा विगत ८ वर्षदेखि इन्टेरियर डिजाइनिङ क्षेत्रमा सक्रिय छिन् ।
पछिल्लो समय आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा शैक्षिक प्रमुखका रुपमा कार्यरत उनी ‘इनडिजाइन सोलुशन’ र ‘द पोष’ सञ्चालन गर्दै आएकी छन् । द पोषले ब्यागहरुको डिजाइन तथा उत्पादन गर्दै आएको छ ।
इन्टेरियर डिजाइनिङमा दक्षता हासिल गरेकी शैलिशाले यसअघि ‘आइडिया एक्सेलेन्स अवार्ड–२०२४’मा दीगोे डिजाइन श्रेणीमा विजयी भएकी थिइन् । पछिल्लो पटक अन्तर्राष्ट्रिय अवार्ड हासिल गरेपछि उनले भनिन्, ‘फिलिपिन्समा आयोजित एपीएसडीए अवार्ड २०२५ मा विजयी हुनु मेरो लागि साँच्चीकै गर्वको क्षण हो ।’ उनले कार्यक्रममा यक्ष भोजनालय परियोजनाका लागि उक्त सफलता पाएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
