पोखरा । पोखराको सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित ऐतिहासिक तीज मेला २०८२ शुभारम्भ भएको छ ।
मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । पर्यटकीय दृष्टिकोणले आफ्नो छुट्टै पहिचान कमाएको पोखराको सराङकोट क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक रूपमा पनि परिचित बन्दै गइरहेको छ । यस प्रकारका मेला महोत्सवहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै सांस्कृतिक पक्षको समेत उजागर गर्ने नगर प्रमुख आचार्यले बताए ।
विभिन्न समूहहरू बिच तीज गीत प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरू समेत समावेश उक्त मेला १० गतेसम्म चल्ने जानकारी आयोजकले दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
