काठमाडौँ । अभिनेता दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
यहि भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले फिल्म गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तुमा बनेको बुझ्न सकिन्छ । साथै फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ र अर्पण थापाबीचको त्रिकोणात्मक प्रेमकथा समेत रहेको ट्रेलरबाट स्पष्ट हुन्छ ।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ, रिश्मा र अर्पणसहित गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बाल कलाकारहरु असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
फिल्मको निर्माणमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सले रोटेपिङ इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मका कार्यकारी निर्माता वीरवल घले रहेका छन् भने फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
