बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९२० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
