काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको भदौं ११ गते बुधवार हुने निर्वाचनको कार्यतालिका सार्बजनिक भएको छ ।
संसद सचिवालयका अनुसार मंगलबार दिउसो १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका सचिवको कार्यकक्षमा सभापतिको प्रस्ताव दर्ता गर्ने, दर्ता भएका प्रस्तावको सुची मंगलबार दिउसो ४: १५ प्रकाशित गरिने र बुधबार ३ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा दर्ता भएका प्रस्ताव प्रस्तावकले पेश गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने तालिका रहेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
