वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन दुई दिनका लागि स्थगित गरिएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको हो ।
साथसाथै महानगरले पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरूलाई परिपालना गर्नुहुन, काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउन आग्रह गरेको छ । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
