एजेन्सी । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ(उनको निरीक्षणमा गरिएको थियो ।
केसीएनएले प्राविधिक विवरणहरू साझा नगरी यी हतियारहरूमा ‘उत्कृष्ट लडाई क्षमताु छ र तिनीहरूमा’ विशेष प्रविधिु प्रयोग गरिएको उल्लेख गरेको छ । एजेन्सीले परीक्षणले दुवै क्षेप्यास्त्रहरू ड्रोन र क्रूज क्षेप्यास्त्रहरू सहित विभिन्न हवाई लक्ष्यहरूलाई नष्ट गर्न सक्षम रहेको दाबि गरेको छ ।
यो क्षेप्यास्त्र परीक्षण त्यस्तो समयमा गरिएको थियो जब दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनी गोली चलाएको थियो । योनहाप एजेन्सीका अनुसार, लगभग ३० उत्तर कोरियाली सैनिकहरूले केही समयको लागि डिमिलिटराइज्ड जोन पार गरेपछि गोली चलाएको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-24
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
