काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको निर्वाचनमा संघको अध्यक्षमा शेर्पा समूह र गुरुङ समूह गरी दुई समूहका उम्मेदवारहरु चुनावी मैदानमा थिए ।
संघका वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा सुमी लामा र ङिमा नुर्बु शेर्पाले समान ३०४–३०४ मत प्राप्त गरेकाले, सहमति अनुसार दुवैजनाले आधा–आधा कार्यकाल गोलाप्रथा गर्ने सहमति अनुसार काम भइरहेको छ .
त्यस्तै, सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा, निशा भोटे विजयी भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-24
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
