पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालको भूमि भएको दाबी गर्दै नेपाल सरकार यस विषयमा पछि नहट्ने बताएका छन् । पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको स्वामित्वमा रहेको तथ्य प्रमाणले पुष्टि गरेको बताए ।
उनले भारतले नेपालको भूमि उपयोग गरिरहेको उल्लेख गर्दै यो मुद्दालाई कूटनीतिक तवरबाट समाधान गरिने स्पष्ट पारे । ‘दुई देशबीच व्यापारको नाममा करिडोर वा सडक निर्माण गर्न पाइँदैन । यो विषय अहिले कूटनीतिक चरणमा प्रवेश गरेको छ र वार्तामार्फत समाधान खोजिनेछ। युद्ध गरेर समाधान गर्ने कुरा हामीले सोचेका छैनौँ,’उनले भने ।
नेपालको निषेधित क्षेत्रमा व्यापारका लागि करिडोर निर्माण गर्ने विषय नेपालको चासो र चिन्ताको विषय भएको उनको भनाइ थियो । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने सहमतिपछि यो विवाद पुनः सतहमा आएको उल्लेख गर्दै मन्त्री गुरुङले परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गर्नुपर्ने सुझाव दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
