एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ । तोकिएको समयभन्दा बढी बस्ने, कानून उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतङ्कवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्ने भनिएको छ ।
मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने सङ्ख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो सङ्ख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गर्नुभएको छ ।
भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झन्डै चार हजार कानून उल्लङ्घनका कारण र झन्डै तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
