काठमाडौँ । विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।
क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए । उनको इन्स्टाग्राम खातामा उनको निधन बारे जानकारी दिदै लेखिएको छ- ‘प्यान्क्रियाटिक क्यान्सरसँग लामो लडाइँपछि न्यायाधीश फ्र्याङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा मृत्यु भयो ।’
न्यायाधीश क्याप्रियो लामो समयदेखि चलिरहेको रियालिटी टिभी कार्यक्रममा देखा परेका थिए । यो कार्यक्रम रोड आइल्याण्डको नगरपालिका अदालतमा आधारित थियो । यस रियालिटी टिभी कार्यक्रममा, न्यायाधीश क्याप्रियोको शैली र सहानुभूतिसहित गरिएका निर्णयहरूको लागि अत्यधिक प्रशंसा गरिएको थियो ।
क्याप्रियोलाई विश्वको राम्रो न्यायाधीश भनिन्थ्यो । मुस्कानसहित न्याय प्रदान गरेको उनको भाइरल भिडियो सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी पटक हेरिएपछि उनी ‘संसारकै सबैभन्दा राम्रो न्यायाधीश’ भनेर चिनिन थालेका थिए । उनले कम आय भएका र निम्न बर्गको पक्षमा सधै व्यंग्य र संदेशसहित आफ्नो फैसला सुनाउने न्यायाधीशको छबि बनाएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
