ललितपुर । ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खटाङ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
गोदावरी नगरपालिका-१४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको र चालकको साथमा रहेको नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएको घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ शिवटोलबाट पक्राउ गरेको हो ।
उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
