काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार कुल बहादुर गुरुङ प्यानलका उम्मेदवारको नाम दर्ता भएको छ ।
एनएमएको नयाँ कार्यसमिति चयनका लागि यही भदौ ७ गते हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार गुरुङका प्यानलका उम्मेदवारको नाम दर्ता भएको हो ।
गुरुङले आफ्नो समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरुको उम्मेदवारी आज (आइतबार) दर्ता जानकारी दिए । चुनावी मैदानमा उत्रिएको कुल बहादुर गुरुङ प्यानलले यसअघि गत बिहीबार (साउन २९ गते) आफ्नो उम्मेदवारको नाम घोषणा गरेको थियो ।
उक्त प्यानलमा संघको वरिष्ठ उपाध्यक्षमा टिका राम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विमल कुमार नहर्की, सचिवमा ङिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै, सदस्यहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, माधव प्रसाद पाण्डे, हरि गोपाल प्रधान, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, अशोक कुमार तामाङ , दिकी शेर्पा र गीता राईले उम्मेदवारी घोषणा गरेका छन् ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
