काठमाडौँ । भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बादल फुटेपछि आएको बाढीबाट चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको रिपोर्टमा उल्लेख गरिएको छ । जानकारी अनुसार, कठुआको सोफेनमा रहेको गुज्जर बस्तीमा पहाड खसेको छ । त्यसमा चार घर पुरिएका छन् । सडकको ८० प्रतिशत भाग बगाएको छ । यो घटना गएराती भएको बताइएको छ ।
गाउँमा बादल फुटेका कारण बाटो अवरुद्ध भएको छ भने अहिलेसम्म चार जनाको शव निकालिएको छ । भारी वर्षाका कारण अधिकांश जलाशयहरूको पानीको स्तर द्रुत गतिमा बढेको छ र उज नदी खतराको चिन्ह नजिक बगिरहेको छ ।
यसअघि गत साता जम्मु कश्मीरमा बादल फाटेपछि आएको बाढीले ६५ जना भन्दा बढीको मृत्यु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
