मुग्लिन । सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।
आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा दुईतर्फी अवरुद्ध भएको सडक सुचारु भएको हो । सडक डिभिजन भरतपुरले २ वटा यान्त्रिक उपकरणले पहिरो हटाई सडक सुचारु गरिएको जानकारी दिएको छ ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
