मुग्लिन । तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा मुग्लिन नारायणगढ सडक आवागमन दुईतर्फी अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । अबको केहि समयमा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजनले जानकारी दिएको छ । साथै वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
